ताजा समाचार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोध र नारावाजीबीच चलेको प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहे पनि सभामुख सापकोटा बैठक चलाएका थिए।

शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो । दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।

एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए पनि सभामुखले बैठक जारी राखे।

एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश २०७८ पेस गरेका छन्। सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन्।

आजै १५ मिनेट पछि बस्ने गरी सभामुखले बैठक स्थगित गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org