ताजा समाचार

प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदले थाले नाराबाजी

काठमाडाैँ  नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् । गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् ।

प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org