ताजा समाचार

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन् ।

सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए। छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

छलफमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । उनको सुझाव अनुसारै दोस्रो बैठक कार्यसूची अनुसार अगाडि नबढाइ स्थगित गरेका थिए।

यसैबीच संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिषदरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org