ताजा समाचार

माओवादी आन्दोलनलाई सुदृढिकरण गर्न संगठनात्मक पद्धतिको विकास गर्न जरुरी छ: नेता भण्डारी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले पार्टी भित्रको संगठनात्मक पद्धतिको विकास गर्न जरुरी रहको बताएका छन ।
प्युठान जिल्ला भेलालाई सम्बोधन गर्दै विद्यार्थी नेता भण्डारीले माओवादी आन्दोलनलाई सुदृढिकरण गर्नका लागी संगठनात्मक पद्धतिको विकास गर्न जरुरी रहेको बताएका हुन  ।
नेता भण्डारीले सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल पूर्णता नदिएर सरकारले पुन: जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोपसमेत लगाए ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरू कृष्ण अधिकारी अखिल (क्रान्तिकारी) का उपमहासचिव मिलन एमसिसहित विद्यार्थी नेता सुमन श्रेष्ठले प्रशिक्षण मन्तब्य राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org