ताजा समाचार

एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार बिहान पार्टी कार्यालयको उद्घाटनपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारले एक हप्ताभित्रै पूर्णता पाउने बताएका हुन् ।

‘ठ्याक्यै यही दिन मन्त्रिपरिषद् विस्तार हुन्छ भनेर त म भन्न सक्दिनँ । तर, एक हप्ताभित्रै सरकारले पूर्णता पाउनेछ,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरू आज भने आज, भोलि भने भोलि नै सरकारमा सहभागी हुन तयार रहेको बताए । ‘हामीलाई सरकारमा जान कुनै समस्या छैन,’ उनले भने, ‘आजै हो भने आज, भोलि हो भने भोलि नै हामी सरकारमा जान तयार छौँ ।’

अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेश पनि पनि नयाँ सरकार बनाउने प्रयास भइरहेको बताए । ‘प्रदेश १ र बागमती प्रदेशमा पनि सरकार बनाउने प्रयास भइरहेको छ । त्यहाँ जुनसुकै बेला पनि नयाँ सरकार बन्न सक्छ,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरूले प्रदेश १ र बागमती प्रदेश सरकारमा आफूहरूको दाबी गरेको पनि बताए । ‘प्रदेश सरकारमा पनि हाम्रो सहभागिता हुनेछ । त्यसका लागि हामीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेर छलफल चलाइरहेका छौँ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org