ताजा समाचार

५ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्ग अर्बपतिको सुचीबाट एक स्थान तल झरे, फेसबुकले गुमायो ५.९ अर्ब डलर

एजेन्सी । पाँच घन्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन ।

फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ । यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो ।

फेसबुक २ कारणले हिजो दबाबमा थियो । पहिलो– स्टक बजारमा घट्दो सेयर र दोश्रो– आज अमेरिकी संसद्मा फेसबुकबारे छलफल हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org