ताजा समाचार

नेकपा एसबाट को-को बन्दैछन् मन्त्री ? स्वास्थ्यमा रामकुमारीलाई पठाउने तयारी

काठमाडौँ । एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) ले शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ ।

नेकपा एसले ६-६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी छ ।

त्यस्तै ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइनेगरी सहमति हुने सम्भावना रहेको पार्टीले जनाएको छ । यसलाई अन्तिम रूप दिन शुक्रबार बिहान पार्टीको सचिवालय बैठक बस्दैछ । स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठको निर्णयअनुसार एकीकृत समाजवादीको भागमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालय भाग लगाएको छ ।

यसका साथै एक राज्यमन्त्री पनि नेकपा (एस) पाउने भएको छ । राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । त्यस्तै नेकपा एसले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पनि पाउने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org