ताजा समाचार

प्रधानमन्त्री देउवा पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।

देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org