ताजा समाचार

ओलीले ६ हजार वडा अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालयको `वार रुम´बाट गर्ने, सर्वसम्मत नेतृत्व चयन गर्न सर्कुलर

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकैसाथ देशभरका झण्डै ६ हजार वडा कमिटीको अधिवेशन उद्घाटन गर्ने भएका छन् । एमालेले शनिबार एकैदिन देशभरका सबै वडा अधिवेशन गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालयको ‘वार रुम’बाट अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

‘कुनै एक वडामा गएर उद्घाटन गर्नुको सट्टा देशभरका वडा अधिवेशनलाई भर्चुअलमाध्यमबाट जोडेर अध्यक्ष कमरेडले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’ उनले शिलापत्रसँग भने, ‘सम्भव भएसम्म अधिकांश वडा अधिवेशन केन्द्रबाट जोडिनेछ । त्यसका लागि जुम आइडी उपलब्ध गराइसकिएको छ ।’

एमालेले सम्भव भएसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नसमेत सर्कुलर जारी गरेको छ । सर्वसम्मत गर्न सम्भव नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न भनिएको तामाङले बताए ।

एमालेमा भोलि शनिबार वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org