ताजा समाचार

जनभेटघाट तथा विकास निर्माणका आयोजनाबारे छलफलमा व्यस्त पुर्वमन्त्री पुन

रुकुम पुर्व ।  पुर्व मन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेशमान पुन गृह जिल्लामा पार्टी कार्यकर्ता र   जनभेटघाटमा व्यस्त हुनुभएको छ ।                                  नेता पुनले जिल्लाको विभिन्न क्षेत्रमा पुगेर पार्टी कार्यकर्ताको साथै जनतासँग विकास निर्माणका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

केही दिन अघि सिस्ने गाउँपालिका वडा नम्बर २ को छिपखोलालगाएतको ठाउँका नागरिकसँग छ्लफल तथा भेटघाट गर्नुभएका पुनले शुक्रबार वडा नम्बर ३ को पोखरा र पाङगाका नागरिसकसँग भेटघाट गर्नुभएको हो । नेता पुनले पार्टि निर्माण सुदृढीकरण र विकास निर्माण सम्बन्धिको कुरामा केन्द्रित भएर छलफल चलाउनुभएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसिले जानकारी दिनुभयो ।
भेटघाटको क्रममा स्थानिय नेता पार्टी कार्यकर्ताले जनस्तरमा पार्टी पुग्न नसकेको गुनासो गरेका छन् । उनिहरुले पार्टी तल्लो तहसम्म पुग्नुपर्ने र पार्टी संगठन चलायमान हुनुपर्ने माग नेता पुन समक्ष राखेका छन् । यस्तै विकास निर्माणको विषयमा त्याहाका नागरिकले संघीयता स्थापना पश्चात् गाउँघरमा धेरै परिवर्तन आएको बताएका छन् । विकास निर्माणका काम भइरहेको बताउदै नागरिकले यसलाई थप गति दिनुपर्ने बताएका छन् ।
नेता पुनले बिचको यो अवधिमा पार्टी जनस्तरसम्म पुग्न नसकेको बताउनुभएको छ । पहिले पार्टि एकता, लगत्तै असंवैधानिक कदम, आन्दोलन, पार्टी फुट्नु र कोभिड १९ लगाएतका विभिन्न कारणले पार्टी जनस्तरमा पुग्न नसकेको बताउनुभयो । आगमी दिनमा भने कमिकम्जोरि सच्याउदै जनताको माझमा जाने र पार्टिको योजना पनि यहि रहेको नेता पुनले बताउनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org