ताजा समाचार

प्रभु साह एमालेमै सक्रिय, ओलीसँग झापा-मोरङ यात्रामा निस्किए

काठमाडाै । केही महिनादेखि असन्तुष्ट रहेर निष्क्रिय बसेका प्रभु साह एमालेमै सक्रिय भएका छन्।

माओवादी छाडेर एमालेमा आएपछि स्थायी कमिटीमा नलगिएको तथा आफूनिकट नेताहरुलाई उचित जिम्मेवारी नदिइएको भन्दै असन्तुष्ट उनी आइतवार अध्यक्ष केपी शर्मा ओलीसँगै झापा-मोरङ यात्रामा निस्किएका हुन्।

दुई दिनसम्म चलेर शुक्रबार सकिएको एमाले स्थायी कमिटी बैठकले साहनिकट दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय लिएको छ।

एमालेको उक्त निर्णयसँगै साह एमालेमा सक्रिय भएका हुन्। उनी आइतवारै एमाले अध्यक्ष ओलीसँग झापातर्फ लागेका छन्।

एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि झापातिर लागेका छन्।

अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org