ताजा समाचार

सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल

काठमाडौं । सूर्य नेपाल नेपालको सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।

व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

त्यस्तै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ ।

आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा गरेको कार्यक्रममा सबैभन्दा बढी तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको छ ।  निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

त्यसैगरी विशेष उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा एसियन पेन्ट्स नेपाल प्रालि रहेको छ ।

कृषि एवम् पशुपंछी उद्योगहरुमध्ये सबैभदा बढी आयकर दाखिला गर्ने करदातामा पूर्वाञ्चल एग्रीटेक प्रालि रहेको छ । सरकारही तथा लघु वित्तको कारोबाट गर्ने संस्थाहरुमध्ये बढी कर छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले तिरेको छ ।

नबिल बैंक लिमिटेड बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता बनेको छ ।

वीमा व्यवसायमध्इे सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड रहेको छ ।

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नोवेल मेडिकल कलेज रहेको छ ।

पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सीले बढी आयकर तिरेको छ भने वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले तिरेको छ ।

मध्यमस्तरीय करदातामध्ये बढी कर कर्जा सूचना केन्द्र लिमिटेडले तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

ऊर्जामूलक उद्योगहरुमध्इे सबैभन्दा बढी कर हिमाल पावर लिमिटेडले कर दाखिला गरेको छ । व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेका छन् ।

सबैभन्दा बढी कर दाखिला गर्ने करदातामा सूर्य नेपाल प्रालि रहेको छ । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी कर तिर्ने घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org