ताजा समाचार

ब्रेकअपपछि नम्रताको प्रष्टीकरण : जहिलेसम्म कम्फर्टेबल थियौं, सँगै थियौं !

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसनसिप टुंगिएको छ ।

यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेका छन् ।

उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको नम्रता निकट स्रोतले जानकारी दिएको छ । ‘जहिलेसम्म हामी एकअर्कामा कम्र्फेटबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै स्रोतले भन्यो, ‘त्यो कम्फर्टेबल नभएपनि हामी अलग भएका छौं ।’

पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए । त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए ।

त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो । तर, आफूहरु सम्बन्धमा नरहेको कुरा स्वयम नम्रताले निकट साथीहरुलाई बताउन थालेकी छिन् ।

यसअघि सामाजिक संजालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भैरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org