ताजा समाचार

महाधिवेशनको उम्मेदवारीबारे भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारी, रणनीतिबारे सार्वजनिक गर्ने रावलनिकट स्रोतले बतायो ।

उपाध्यक्ष रावलले यसअघि अछाममा भएको एक कार्यक्रममा आफूले अध्यक्षमा लड्ने बताएका थिए । रावल १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org