राष्ट्रपति, प्रधानमन्त्री जो-जो भए पनि देश माओवादीकै नेतृत्वमा छ: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय’ शक्तिका रुपमा स्वीकारिएको बताएका छन् ।
अहिले राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदहरुमा जोजो भए पनि देश माओवादीकै नेतृत्वमा रहेको उनले दावी गरे ।
चितवनको टाँडीमा सोमबार आयोजित अगूवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको उल्लेख गरे । प्रतिक्रियावादी षडयन्त्रका विरुद्धमा पार्टीले विद्रोहको झण्डा उठाएको र त्यसमा सफल भएको उनको भनाइ छ ।
‘अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोटमा र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्याउने कामको अगूवाई हाम्रो पार्टीले गरेको हो । अहिले जनता र क्रान्तिकारीमा नयाँ आशा र विश्वास पैदा भएको छ । देशभित्र मात्र होइन देशबाहिर पनि कुन मान्यता स्थापित भएको छ भने माओवादी केन्द्रले मात्रै राष्ट्रलाई एकतावद्ध राख्न सक्छ र यो नै नेपालको अपराजय शक्ति हो । यो सामान्य कुरा होइन । निकै ठूलो कुरा हो,’ प्रचण्डले ब्याख्या गरे ।
एक-डेढ वर्षदेखि पार्टी केन्द्रको क्रियाकलापले देशको राजनीति माओवादी केन्द्रकै वरिपरी रहेको पुष्टि हुने उनले बताए । प्रचण्डले भने, ‘अहिले पनि नेपाल माओवादीकै राजनीतमा छ, माओवादीकै नेतृत्वमा छ भन्ने एक–डेढ वर्षयता हाम्रो क्रियाकलापबाट देखिएको छ । प्रधानमन्त्री जोसुकै भए पनि राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरी छ । यो विश्वासलाई दह्रोगरी तपाईंहरुले आत्मसात गर्नुपर्यो । जनतामा लैजानुपर्याे ।’
माओवादी असफल भयो भने राष्ट्र हुने प्रचण्डको भनाइ थियो । ‘बिचार गर्नुहोला, यो कति भयानक कुरा छ,’ उनले भने, ‘हामीले हजारौंको बलिदान गरेर देशलाई यति ठूलो परिवर्तनमा ल्याएका हौं, यसलाई कमजोर बनाउने छुट हामीलाई छैन । त्यो अपराध हुन्छ ।’
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...