अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्।
वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची बनाएको भन्दै राजेन्द्र लिङ्देन पक्षले बिरोध जनाएपछि छानबिन समिति गठन गरेर यससम्बन्धी बिवाद समाधान गरेर आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको हो।
अध्यक्षका प्रत्यासी कमल थापा र लिङ्देन दुबै पक्षले प्यानल तय गरेका छन्। विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन्। त्यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन्। त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारहरूमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन्। राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ
थापाको प्यानलबाट महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्तिकुमारी शाही उम्मेदवार हुन्। त्यस्तै, लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ।
Comments
अरु समाचार
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...