ताजा समाचार

राप्रपा अध्यक्ष लिङ्देनसहितले लिए ईश्वरको नाममा शपथ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र अन्य पदाधिकारीहरुले ईश्वरको नाममा शपथ लिएका छन्।

प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो।

उक्त अवसरमा अध्यक्ष लिङ्देनले पनि ईश्वरको नाममा शपथ लिएका छन्।

‘…नेपाल माता, नेपाली जनता र ईश्वरको नाममा शपथ लिन्छु’, राप्रपाको शपथ ग्रहणको ब्यहोरामा भनिएको छ।

पूर्वपञ्चहरुको पार्टी राप्रपा हिन्दु राज्य र राजतन्त्र फर्काउने अभियानमा रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org