ताजा समाचार

अर्थमन्त्री शर्माको दाबी- अर्थशास्त्रको विज्ञ नभए पनि अर्थतन्त्र सुधार्ने क्षमता मसँग छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्रको ज्ञाता नभएको बताएका छन ।

यद्यपि अर्थतन्त्रलाई सही दिशा दिनसक्ने क्षमता आफूमा भएको उनले दाबी गरेका छन् ।

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘अर्थशास्त्र भनेको के हो मलाई थाहा छैन तर नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने थाहा छ ।’

राजस्वमा अटो क्षेत्रको २५ प्रतिशत योगदान रहेको भन्दै शर्माले नेपालमा नै गाडी एसेम्बल गर्न व्यवसायीलाई आग्रह गरे । नेपालमा उपलब्ध स्रोत साधानको परिचालन गरी देशको अर्थमन्त्रलाई आत्मानिर्भर बनाउन सकिने भएकाले त्यसतर्फ सोच्न उनले आग्रह गरे ।

मन्त्री शर्माले नेपालमा आयातलाई प्रतिबन्धित गर्ने अवस्था नभए पनि सबैको प्रयासले प्रतिस्थापन भने गर्न सकिने बताएका छन् । उनले सो अवसरमा पेट्रोलिय सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनको खपत बढाउनुपर्ने कुरामा जोड दिए । विद्युतीय सवारीसाधन चार्ज गर्न नेपालसँग पर्याप्त बिजुली रहेकाले पेट्रोलिय पदार्थको आयात विस्थापित हुने अवस्था रहेको शर्माको भनाइ छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले अटो क्षेत्रमा गरेको कडाइले व्यवसाय समास्यामा रहेको बताए । सडक निर्माण तथा यसको गुणस्तरमा ध्यान दिँदै स्वदेशमा नै सवारीसाधन एसेम्बल गर्ने वातावरण सृजना गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा ठूला सवारीसाधनको एसेम्बल गर्न सकिने सम्भावना देखाउँदै नीतिगत व्यस्थाको लागि अर्थमन्त्रीसँग आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org