ताजा समाचार

राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

आजबाट लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो ।

भट्ट दोश्रो पटक राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् । देबकुमार ढकालभन्दा पहिले पनि भट्ट नै नेपाल राष्ट्र बैंकका प्रवक्ता रहेका थिए ।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा। भट्ट नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org