ताजा समाचार

र्‍यापर ‘लाउरे’ पोखरामा पक्राउ

काठमाडाैँ । चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्।

‘लाहुरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।

‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने,‘अनुसन्धानको क्रममा छ।’

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org