ताजा समाचार

ऋणमा माओवादी : आम्दानी भन्दा खर्च धेरै !

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको एक आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै देखिएको छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको हिसाव किताब ऋणात्मक देखिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार पार्टीको आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ७९ लाख २० हजार ५१८ रुपैयाँ देखिएको छ । तर खर्च भने झण्डै ९ लाख बढी देखिएको ती नेताले बताए ।  उनका अनुसार सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ । यस्तै अन्य आम्दानीबाट ९७ हजार ६८८ गरी जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै विभिन्न शीर्षकमा गरी खर्च ७८ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार ८ लाख ८७ हजार हाराहारीमा घाटा देखिएको प्रतिवेदनमा भनिएको छ ।  आयोगले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ ।

पार्टीको कुल चलअचल सम्पत्तिको ६६ करोड ३८ हजार २२३ बराबरको रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org