ताजा समाचार

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्‍टि

काठमाडौँ । नेपालमा थप २४ जनामा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको हो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ । यसअघि पनि २ जना विदेशीसहित १ एक जना नेपालीलाई ओमिक्रोन पुष्‍टि भएको थियो ।

सीमा नाकामा कोभिड परीक्षणलाई थप प्रभावकारी बनाइएको र पोजेटीभ भएकालाई ओइशोलेसनमा राखिएको मिश्राले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org