ताजा समाचार

बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा खड्का निर्वाचित

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।

पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सम्ममा सबै पदाधिकारीमा एक/एक जना र कार्यसमिति सदस्यमा ५ जनाको मात्र उम्मेदवारी दर्ता भएको नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए ।

त्यस्तै, उपाध्यक्षमा बिरेन्द्र बैद्यवार चयन भएका छन् । उनी सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का चयन भएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत हुन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् ।

संघको वार्षिक साधारणसभा शुक्रबार अपरान्ह ४ बजे बस्दै छ । साधारणसभापछि नयाँ नेतृत्वकाे औपचारिक घोषणा कार्यक्राम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org