मुठभेड र हिंसाबाट जोगाउन मैले दिएको अभिव्यक्तिलाई बंग्याइयो: मन्त्री यादव
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी मन्त्री रेणु यादवले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएकी छन्।
गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। उक्त सभामा उनले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन्।
राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई धम्की दिएकी थिइन्।
‘तुफानसँग टकराउनु भयो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई नबिर्सनुस्,’ मन्त्री यादवले भनिन्,‘म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्नुभयो भने बिरामी मर्नेछन्। फेरि घेराबन्दी गरेर तपाईंलाई मारिदिनेछन्। त्यसैले बस तपाईं रिसर्चमात्रै गर्नुहोस्।’
तर उनले आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताएकी छन्।
तर पछिल्लो समय विभिन्न माध्यमहरूले कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छन्।
‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्न आएकोले सो प्रति गहिरो दु:ख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु’, सोमबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्,मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु। साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछु।’
उनले विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई पदमुक्त गर्न माग उठिरहेको छ।

Comments
अरु समाचार
-
नीति तथा कार्यक्रममाथि दुबै सदनमा ९१ बुँदे संशोधन प्रस्ताव
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि...
-
देउवालाई ओलीको प्रश्नः अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थी भेट्न किन दिएको ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहायकमन्त्रीले तीब्बती शरणार्थी भेट्न दिएको विषयमा प्रश्न गरेका...
-
लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै
लमजुङ । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख...
-
भरतपुरवासीलाई खानेपानी निःशुल्क
काठमाडाैं । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात...
-
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा...
-
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले...
-
स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना
काठमाडौँ । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक...
-
एमालेले हटायो ११ महिनापछि लुम्बिनीको संसद् अवरोध
बुटवल । लामो समयदेखि प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको लुम्बिनी प्रदेशसभाको बैठकले मंगलबारदेखि निरन्तरता पाएको छ । लुम्बिनी प्रदेश...
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल...