सरकारले कानुन संशोधन गरेर निर्वाचन मिति तोक्छ : उपसभापति खड्का
काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन् ।
संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उनले यसबारे आवश्यक गृहकार्य भइरहेको बताए ।
‘संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई सुझाव दिइएको छ,’ आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी खड्काले भने, ‘सरकारले यसलाई संशोधन गर्छ । त्यसका आधारमा चुनावबारे छलफल गरेर मिति दिन्छ ।’
निर्वाचन आयोगले विद्यमान कानुनअनुसार स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेपनि संविधान र कानुन बाझिँदा संशोधनको आवश्यकता देखिएको उनको भनाइ छ । ‘निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।’
कानुनविदहरुबाट संविधानसँग बाझिएको कानुनलाई संशोधन गरेर चुनावबारे सरकारलाई निर्णयमा पुग्न सुझाव आएको उनले बताए । ‘त्यही अनुसार अब सरकारले आफ्नो काम अगाडि बढाउला । हामी संविधान अनुसार तीन तहको निर्वाचन गर्ने पक्षमा छौं । यसमा आशंका मान्नुपर्ने कुनै कारण छैन ,’ उनले भने ।
उनका अनुसार संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
देउवालाई ओलीको प्रश्नः अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थी भेट्न किन दिएको ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहायकमन्त्रीले तीब्बती शरणार्थी भेट्न दिएको विषयमा प्रश्न गरेका...
-
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले...
-
स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना
काठमाडौँ । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक...
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल...
-
पचरौता नगरपालिकामा एमाले विजयी
बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार...
-
बाल याैन दुराचार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ
काठमाडौं । बाल याैन दुराचारको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । तीन विद्यार्थीले याैन दुराचार गरेको भन्दै...
-
भरतपुर महानगरमा यो नै अन्तिम कार्यकाल होः रेनु दाहाल
चितवन । दोश्रो कार्यकालका लागि चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि रेनु दाहालले यो नै आफ्नो अन्तिम कार्यकाल भएको जनाएकी...
-
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई छात्रामाथि दुर्व्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक जनार्दन अधिकारीलाई दुर्व्यवहार...
-
सकियो ७४० पालिकाको मतगणना, कुन दलले कति जिते ?
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म...