ताजा समाचार

निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आयोगको ताकेता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो ।

निर्वाचन व्यवस्थापनका लागि कानुनत: १२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ ‘आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’

आयोगले वैशाख १४ र २२ मा चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो ।

निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।

स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको भन्दै आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भएकाले त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org