ताजा समाचार

शितलहर प्रभावितका लागी कम्बल बोकेर घर-घरमा पुगे एसपी कार्की

काठमाडौं । कपिबस्तुका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरूका लागि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दान बहादुर कार्कीले कम्बल वितरण गरेका छन ।

शितलहर तथा चिसोबाट प्रभावित घरपरिवारका लागी जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा  २ सय ४८ विपन्न परिवारलाई ४ सय थान ब्लाङकेट, कम्बल बितरण गरिएको  हो।

कपिलवस्तुको विभिन्न क्षेत्रमा चिसोयाममा जाडोले कठ्याङग्रिएका नागरिकलाई प्रहरीले देखिरहेका नागरिकलाई प्रहरीले आफ्नो दैनिक ड्युटिका क्रममा देखेका नागरिकलाई आफ्नै सिफारिसमा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि प्रशासन कार्यालयले खरिद गरि प्रहरीकै हातबाट वितरण गराएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org