ताजा समाचार

अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालोझण्डा

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाएका छन् ।

वर्तमान सरकार नियतबस नै स्थानीय तहको निर्वाचन टार्ने खेलमा लागेको भन्दै अनेरास्ववियुले आन्दोलन गर्र्दै आएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत स्थानीय तहको चुनाव मिति नतोकिएकाले प्रतिकात्मक रुपमा मंगलबार मन्त्रीहरुलाई कालोझण्डा देखाइएको अनेरास्ववियुले जनाएको छ ।

उनीहरुले मंगलबार बिहान मन्त्रीनिवास ललितपुरको पुल्चोक क्षेत्रको भित्रि सडक तथा मुल सडकमै मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका हुन् । उनीहरुले मन्त्री सवार गाडीमा कालोझण्डा समेत फालेका छन् ।

वर्तमान सरकार स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने खेलमा लागेको आरोपसहित अनेरास्ववियु आन्दोलित छ ।

सत्ता गठबन्धनले स्थानीय तहसहित तीनै तहको चनाव आउँदो कात्तिक–मंसिरमा गर्ने गरी छलफल गरेको थियो । तर सहमति नजुटेपछि आउँदो जेठमै चुनाव गर्ने तयारी सरकारले गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org