ताजा समाचार

जन्मदिनको अवसरमा युवानेता ‘बिद्रोही’ले गरे बिरामी‌लाई आर्थिक सहयोग

रुकुम पुर्व । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध खेलकुद महासंघका केन्द्रिय सदस्य तथा  युवा व्यवसायी मन बहादुर विसी ‘बिद्रोही’ ले जन्मदिनको अवसरमा दिर्घरोगी दिपेन्द्र शाहालाई १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन ।

आईतबार मंसिर २३ गते जन्मदिन परेका  युवा नेता विद्रोहीले आफ्नो जन्मदिनको अवसर पारेर बिरामीका परिवारलाई १० हजार नगद सहयोग गरेका हुन।

लामो समयदेखी ब्रेन ट्युमरका कारण उपचारत अवस्थामा रहेका शाहालाई नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको बिद्रोहीले बताए।

रकम सहयोग पाए पछि बिरामी शाहा भने यो रकमले आफूलाई ठूलो सहयोग हुने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org