ताजा समाचार

एकीकृत नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षमा आलोक रायमाझी

काठमाडाैँ । एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) ले अध्यक्ष गोपाल किराँतीलाई पार्टीबाट निष्कासन गरेको छ ।

एनेकपाको केन्द्रीय समिति बैठकले किराँतीलाई पार्टीबाट निष्कासन गरी आलोक रायमाझीलाई अध्यक्ष चयन गरेको विज्ञप्तिमा छ । किराँतीलाई कारबाही गर्दै ‘गद्दार’को संज्ञा दिइएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण भई नेकपा बनेपछि किराँतीले माओवादी केन्द्र ब्युँताएका थिए । तर, गत वर्ष सर्वोच्च अदालतले नेकपा एकता खारेज गर्दै पुरानै पार्टीहरू ब्युँताइदिएपछि किराँती पार्टीविहीन थिए । त्यसपछि उनले पार्टीको नयाँ नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org