ताजा समाचार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटार बैठकमा सहभागी छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनको बैठक जारी छ। एमसिसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ। आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org