ताजा समाचार

एमसिसीमा दलहरूबीच भएको सहमतिबारे छलफल होस् : देव गुरुङ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सत्तागठबन्धनका दलहरूबीच भएको सहमतिबारे छलफल हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमसिसी संसदबाट अनुमोदन गर्न सत्तागठबन्धनका दलहरूबीच के–कस्ता विषयमा सहमति भएको हाे त्यसबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।

सत्तागठबन्धनले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको उल्लेख गुरुङले उक्त घोषणा एमसिसीलाई मान्य हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए ।
व्याख्यात्मक घोषणा अमेरिकालाई स्वीकार्य हुने भएकोे अवस्थामा त्यसले सकारात्मक अर्थ राख्ने बताउँदै उनले भने, ‘यो छलफलको प्रक्रियाको क्रममा चार दलबीचमा के सहमति भएको हो त्यो माननीय मन्त्रीज्यूले ल्याउनुहुनेछ र सामूहिक रूपमा दुईवटै प्रस्तावलाई छलफलको रूपमा अगाडि लगियोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org