यथास्थितिमा नो एमसिसी : झलनाथ खनाल
काठमाडाैँ । एकीकृत समाजवादीका सांसद झलनाथ खनालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने प्रष्ट पारेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा खनालले सम्झौता संशोधन गरेर ग्यारेन्टि हुने अवस्थामा मात्रै यसमाथिको छलफल सार्थक हुने बताए।
‘एमसिसीसम्बन्धी सम्पूर्ण दस्ताबेजहरु संसदमा वितरण गर्न माग गर्दै उनले एमसिसी र एमसिएबीचको पत्राचारसमेत सार्वजनिक गर्न माग गरे। कतिपयले म प्रधानमन्त्री भएको समयमा एमसिसीबारे निर्णय भयो भन्ने गरेका छन्। म प्रधानमन्त्री रहेको समयमा कुनै सैद्धान्तिक र व्यवहारिक सहमति भएको छैन। कुनै पत्राचार पनि गरेको छैन। एमसिसी शर्तै शर्तले घेरिएको छ। हामीलाई सहयोग स्विकार्न समस्या होइन, तर देशको स्वाभिमान र हितभन्दा बाहिर रहेर हामी सहयोग स्विकार गर्दैनौं,’ खनालले भने।
एमसिसीमा अमेरिकी सुरक्षा अवधारणा मान्नुपर्ने उल्लेख भएको भन्दै उनले कुनै पनि सुरक्षा छाता मान्य नहुने बताए। उनले भने, ‘एमसिसी लागू भएपछि अमेरिकी प्रचलित कानुन र भविष्यमा बन्ने कानुन मान्न पर्ने उल्लेख छ। हामी उनीहरुको देशमा गएको बेला मानौँला, तर नेपाली जनताले मान्नुपर्ने आवश्यकता छैन। भबिष्यमा कस्ता कस्ता कानुन बन्छन कस्लाई के थाहा ? यस्ता कानुन मान्नुपर्ने भए हामीले के गर्ने ? युक्रेनबाट पनि हामीले पाठ सिक्नुपर्छ। युक्रेनले छिमेकी देशसँगको सम्बन्धलाई कम आँकेर बाहिरी मुलुकलाई नजिकको मानेको थियो।’
संसदमा अहिले छलफलको वातावरण नरहेको भन्दै खनालले संसदमा वातावरण तयार पारेर मात्रै यसबारे छलफल गरिनुपर्ने बताए। व्याख्यात्मक विश्लेषण गरेर सम्झौता पास गर्ने कुरा आएको उल्लेख गर्दै उनले त्यसले कसरी ग्यारेन्टी गर्छ भन्दै प्रश्न गरे।
‘व्याख्यात्मक विश्लेषण गरेर पास गर्ने कुरा आएको छ ती कुराको ग्यारेन्टी हुन्छ ? यो एकतर्फि मात्रै हुन्छ। यो सम्झौताको अंग बन्न सक्ने ग्यारेन्टि कसरी संसदले सुनिश्चितता गर्छ ? एमसिसिले पहिला पनि सवालजवाफ गरिसकेको छ त्यसको कुनै कानुनी आधार छैन। अनेक उन्मुक्तिको कुरा पनि सम्झौतामा उल्लेख छ। यो संसदको बेइज्जति नहोस। अनुमोदनको कुरा नाटक मात्रै नहोस्। एमसिसिमा कुन दस्तावेज हामीले अनुमोदन गर्ने ?’ खनालले भने, ‘यथास्तितिमा नो एमसिसि । हामी यसमा छैनौँ। यसमा व्यापक संसोधन गरेर ग्यारेन्टि हुने अबस्थामा मात्रै छलफल सार्थक हुन्छ।’
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...