प्रचण्ड र माधव गलत साबित भए, सँगै गएकाहरू फर्किनुस्
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कार्यकर्तालाई भ्रममा पारेर स्वार्थको रोटी सेक्ने काम गरेको आरोप लगाएका छन् ।
बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले पहिले एमसीसी राष्ट्रघाती भएको बताएको र अहिले व्याख्यात्मक घोषणाका नाममा कार्यकर्तालाई मूर्ख बनाइएको उनको भनाइ छ ।
“व्याख्यात्मक घोषणा भनेको जे भनेको छ त्यही स्पष्ट पार्ने । जे हो त्यही हो । हिजो गलत थियो, आज सही थियो भन्ने हन्छ र ? उहाँहरूले भन्नुपर्यो हिजो बुझेका रहेनछौँ । बुद्धिजीवीहरूले व्याख्यात्मक घोषणा गरेपछि छ्याङ्ङ भयौँ,” उनले भने ।
प्रचण्ड र नेपालले तत्कालीन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरर राष्ट्रघाती काम गर्न लागेकोे आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न सहयोगी बनेको पोखरेलले बताए । हाल प्रचण्ड र नेपाल गलत साबित भएको भन्दै उनले सँगै गएका नेता–कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह समेत गरे ।
“अब माधव नेपालतिर गएका साथीहरू या प्रचण्डतिर गएका साथीहरूले अब बुझ्ने बेला भयो । नेकपाको अन्तरसंघर्षमा उहाँले जे पोजिसन राख्नुभएको थियो, त्यो पोजिसनको अन्त्य भयो । उहाँहरू गलत साबित हुनुभयो । नेकपा एमाले अर्थात् केपी ओलीको नेतृत्वमा हामीले राख्दै आएको अडान सही साबित भएका छन् । त्यस अर्थमा तपाईंहरू फर्कनुस् । त्यहाँ रहिरहनुपर्ने जरुरी छैन । आउनुस्, हामी मिलेर हामी बलियो पार्टी निर्माण गरौँ ।”
Comments
अरु समाचार
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...