ताजा समाचार

पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भएपनि १ घण्टा ढिलो मात्रै सुरु भएको हो ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । गत पुस १८ गते सम्पन्न सो पार्टीको महाधिवेशनले अपूरो केन्द्रीय कमिटी बनाएको थियो भने पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो । माओवादीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ । सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास अध्यक्ष प्रचण्डको भएपनि उनको प्रयास असफल भएको छ ।

प्रचण्डको प्रयास असफल भएपछि एमसीसीबारेको छलफल, पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटब्युरो गठनजस्ता विषयका बारेमा भने माओवादीले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनपछि मात्रै टुङ्ग्याउने भएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org