ताजा समाचार

कांग्रेस सिन्धुपाल्चोक सचिवमा युवा नेता न्याैपानेकाे उमेद्वारी

काठमाडाैँ ।  नेपाली कांग्रेसका युवा नेता अनुप न्याैपानेले सिन्धुपाल्चोक  जिल्ला सचिव पदकाे लागी उमेद्वारी घाेषणा गरेका छन्।

आसन्न  नेपाली कांग्रेसकाे जिल्ला अधिवेशनको सरगर्मी चलिरहेको बेला युवा नेता न्याैपानेले सचिब पदका लागी आफ्नो उमेद्वारी घोषणा गरेका हुन । अधिवेशन यहि फागुन २७ र २८ गते चाैतारामा हुँदैछ ।

युवा नेता न्याैपाने नेविसंघका पूर्व जिल्ला अध्यक्ष र हाल पार्टीको जिल्ला सहसचिवसमेत हुन ।

इन्द्रावती गाउँपालिका ६ बाडेगाउँका न्याैपानेले  २०५४ सालदेखि नेविसंघमार्फत कांग्रेसको राजनीति शुरु गरेका हुन् । `कांग्रेसलाई सिन्धुपाल्चोकमा सबै तहमा निर्वाचन जिताउन आधुनिक कांग्रेस निर्माण जरूरी छ,´ उनले भने,`त्यसका लागि कांग्रेसमा वैचारिक नेतृतव जरूरी छ । ´

सिन्धुपाल्चाेक जिल्लामा राजनीतिक तथा सामाजिक काम गरेर परिचित भइसकेका न्याैपाने बाैद्विक ब्यक्तित्वकाे रूपमा समेत परिचित छन । सिन्धुपाल्चोक जिल्लाकाे नेविसंघको सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष हुँदा सम्म सिन्धुपाल्चाेककाे नेपाली कांग्रेसकाे राजनिति लाई उचाइमा पुराउन महत्वपुर्ण भुमिका समेत निर्वाह गरे ।

पार्टीले आव्हान गरेको २०५८ को प्रतिगमन विरुद्धको आन्दोलनमा समेत सक्रिय सहभागिता देखाएका न्याैपाने जनआन्दोलन २०६२/०६३ को सफलता सम्म निरन्तर सहभागी भए ।

सामाजिक तथा राजनीतिक वातावरणमा हुर्केका न्याैपाने विभिन्न संग संस्थामा सक्रिय भएर काम समेत गरिसकेका छन । संघ संस्थामा रहेर काम गर्दा समुदायकाे लागि अतुलनिय याेगदान दिएकाे उनी सुनाउँछन ।

अन्तत सिन्धुपाल्चाेक जिल्ला नेपाली कांग्रेसकाे अधिवेशन यहि फागुन २७ र २८ गते चाैतारामा हुँदैछ । आफुले गरेका सकारात्मक कामहरूले गर्दा आफुले जिल्ला सचिव पदकाे लागि उमेद्वारी घाेषणा गरेकाे र आफु साे पदकाे लागि याेग्य रहेकाे सिन्धुप्रेस संगकाे कुराकानीमा उनले बताए ।

‘रुपान्तरण, इमान्दारीता र परदर्शिताकाे सिद्वान्त बाेकेर हिडेकाेले नेपाली कांग्रेसकाे बिधान र मर्म बिपरित कहिल्यै पनि जान्न, मलाई भाेट दिएर जिताएकाे खण्डमा बिचारकाे राजनिति जिवित राख्न महत्वपुर्ण भुमिका खेल्ने छु’, न्याैपानेले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org