ताजा समाचार

पत्रकार सम्मेलन गरेर स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै देउवा

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गर्ने तयारी छ। आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा पत्रकारहरूलाई कार्यक्रमबारे जानकारी गराउने कार्यक्रम रहेको बताए।

कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org