कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख पक्ष दल एमालेसंग चुनावी तालमेल जिवितै रहेको बताएका छन ।
बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तत्काल एमालेसँग गठबन्धन गर्ने सम्भावना नरहेको भए पनि आफूले त्यो हुँदै हुँदैन भन्न नसक्ने बताएका छन्।
‘मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरूको खेल हो भनेर। त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,’ प्रचण्डले भने,‘एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भर पर्छ। अहिले केही कांग्रेसी नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ।’
नेताहरूले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारूढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उनले बताए। ‘हामी सबै दल आ-आफ्नै एजेन्डा लिएर चुनावमा जाने कुरा प्राथमिक हो। गठबन्धनका दलहरूबीच तालमेल गर्ने कुरा सेकेन्डरी हो। सबै ठाउँमा हुँदैन, कुनै कुनै ठाउँमा हुन पनि सक्छ,’ प्रचण्डले भने।
उनले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने बेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेट उल्लेख गर्दै ओलीमा अझै पनि निषेधात्मक सोच रहेको बताए। ‘हामी त देशलाई अप्ठेरो पर्दा सबैसँग तितो-मीठो जे भए पनि कुरा गर्नुपर्छ भन्ने मान्छे पर्यौं,’ प्रचण्डले भने,‘ओली त अझै पूर्वाग्रही र निषेधात्मक रहेछन्। किन कुरा गर्न आइएछ जस्तो पारे।’
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...