ताजा समाचार

झलनाथ खनालप्रति सुवास नेम्वाङको कटाक्ष : यत्रो जनसागर भएको ठाउँमा एमालेको मतपत्र कसरी खाली हुन्छ ?

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको मतपेटिका खाली गर्न चुनौती दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाईलाई चुनौती दिँदै नेम्बाङले अबको निर्वाचनमा केपी ओली र एमालेको मतपेटिका खाली गरेर देखाउन चुनौती दिएका हुन्।

खनालले शनिबार मात्र अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेका थिए।

आइतबार खनालकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले यस्तो चुनौती दिएका हुन्।

उनले यो देशभरि ओर्लिएको एमालेको जनसागर हुँदा हुँदै कसरी एमालेको मतपत्र खाली हुने होला भन्दै प्रश्न गरेका छन्।

‘केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ?,’ नेम्वाङले प्रश्न गरे ।

खनालको क्षेत्रमा एमालेको जनसागर उर्लिएको दाबी गर्दै नेम्बाङले भने- यो देखेर कोही कोही छक्क परिरहेका होलान्।

उनले इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क पर्नुपर्ने जिकिर गरे।

‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झल्झली अनुहार याद आउँछ। कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन,’ खनाललाई लक्षित गर्दै नेम्बाङले कटाक्ष गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org