ताजा समाचार

एमालेका चार नेता चीन भ्रमणमा निस्किए

काठमाडौं । नेकपा एमालेका चारजना नेता चीन भ्रमणमा निस्किएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका चार नेता चीनको भ्रमणमा निस्किएको एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

चार नेताको टोलीले चीनको कुन्मिङमा आयोजना हुने इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रममा भाग लिनेछ ।

पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org