ताजा समाचार

स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुनसक्छ : विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुनसक्ने बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन हुनसक्ने बताएका छन् । एमालेले राष्ट्रियस्तरमा भने कसै पार्टी संग गठबन्धन नगर्ने बताएका छन् ।

‘यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन’, भट्टराईको भनाइ छ ।

उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । ‘९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ ।’

उनले भने, ‘एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ । यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी हुन्छ’, उनले भने, ‘यो बैठकले घोषणापत्र र उम्मेदवारका मापदण्ड पनि तय गर्छ ।’
एमालेको पोलिटब्युरो बैठक बस्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org