ताजा समाचार

चीनका विदेशमन्त्री वाङ नेपाल आउँदै,यस्तो छ भ्रमण तालीका

काठमाडौं । मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आउँदो २५ देखि २७ मार्चसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा मन्त्री वाङ नेपाल आउन लागेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

विज्ञप्तिमा जनाइएअनुसार परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङको प्रतिनिधिमण्डलबीच आउँदा २६ मार्चमा औपचारिक वार्ता हुने छ । वाङले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org