ताजा समाचार

एमाले बैठकमा घनश्याम र रघुजीले राखे वाम एकताको प्रस्ताव

काठमाडाैँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा केही नेताहरूले वामपन्थी पार्टीहरूबीच एकता गरेर जानुपर्ने विषय राखेका छन्।

सोमबार काठमाडौंमा बसेको एमाे पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने विषय राखेको स्रोतले जनाएको छ।

‘वामपन्थी एकताको विषय उहाँहरूले राख्नुभएको थियो। वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो,’ बैठकमा सहभागी एक नेताले भने।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका थिए।

यसअघि पनि भुसालले लेखमार्फत् वामपन्थी एकताका कुरा अगाडि सारेका थिए। तर अध्यक्ष ओलीले कम्युनिष्ट एकताको तमासातर्फ लाग्न नहुने जवाफ दिएका थिए।

०७४ को चुनावअघि एमाले र माओवादीबीच वामगठबन्धन हुँदै पछि नेकपा पार्टी बनेको थियो। तर पार्टीभित्र बिबाद बढ्दै गएका बेला सर्वोच्चको आदेशपछि एमाले र माओवादी पुन: अस्तित्वमा आएका थिए।

यसबीचमा एमालेबाट माधवकुमार नेपाललगायत बाहिरिएर नयाँ पार्टी गठन गरिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org