देशमा वाम नै छैन, के को एकता ?
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थपेका थिए ।
भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए ।
‘अहिले एकताको कुरा गर्नु भनेको त, कमजोर छौं भन्ने सन्देश दिनु हो । यस्तो गर्नु हुन्न’, कार्कीले वाम एकताको प्रस्ताव अगाडि बढाउन नहुने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार कार्कीलाई महेश बस्नेत, कर्ण थापालगायतले साथ दिएका थिए ।
तर पन्तले भने कम्तिमा एमाले वाम एकताको पक्षमा रहेको सन्देश दिएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । भूसालले भने चुनावमा एकता र वाम एकताको तीन कारण रहेको बैठकमा राखेका थिए ।
‘एमाले वाम एकताको मूल प्रवाह हो, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामापन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भूसालको प्रस्ताव थियो । बहुसंख्यक कम्युनिष्ट सदस्य र कार्यकर्ताको चाहना पनि वाम एकता नै रहेको भुसालले बताएका थिए ।
तर बैठक समापण गर्दै अध्यक्ष ओलीले भने पार्टी एकता नहुने जवाफ दिए । ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ?’, ओलीको जवाफ थियो, ‘वाम भन्ने चिज नै छैन ।’ तर चुनावी एकता भने हुने ओलीले बताए । ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, उनको भनाइ थियो ।
बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ ।
रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...