ताजा समाचार

एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु हुने बैठक बिहीबारसम्म चल्नेछ ।

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूचीमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org