ताजा समाचार

चिनियाँ विदेशमन्त्रीलाई भेट्न मेरियट होटल पुगे ओली

काठमाडौं , १३ चैत्र । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् ।

त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org