ताजा समाचार

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। विदेशमन्त्री वाङ यीलाई भेट्न अध्यक्ष ओली नक्सालस्थित होटल मेरियट पुगेका हुन्। छलफलमा एमालेबाट उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पौडेललगायत नेताहरुको उपस्थित छ।

यसअघि विदेशमन्त्री वाङ र  राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको थियो। राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ आइतबार बिहान शीतल निवास पुगेका थिए। भेटका क्रममा नेपाल -चीन सम्बन्ध र बीआरआईअन्तर्गतका परियोजनाबारे छलफल भएको छ।

ओलीसँगको भेटलगत्तै विदेशमन्त्री वाङ र मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ।  विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए ।  चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाल चीनबीच विभिन्न ९ परियोजनामा हस्ताक्षर भएको थियो।  चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमण पूरा गरी आइतबार अपरान्ह स्वदेश फर्कदैछन् ।

चिनियाँ विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत ११ गते नेपाल आएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org