ताजा समाचार

निर्वाचनमा एक्लै जान पनि तयार छौं – प्रचण्ड

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि पार्टी तयार रहेको बताएका छन्।

रोल्पामा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘गठबन्धनको बलमा होइन। आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो।’

उनले गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिने बताए।

प्रचण्डले रोल्पा ध्वंशमात्र होइन निर्माण गर्न सक्ने बताए।

रोल्पाको रोल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै उनले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको सुनाए।

उनले रोल्पा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताएका हुन्। ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंशमात्र पनि होइन, निर्माण पनि गर्न सक्छ। यो भ्यूटावरसहितले देखाएको छ’, प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस्। रोल्पा माओवादी युद्ध संग्रहालय बन्न सक्छ।’

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता जनाए।                                                   

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org