ताजा समाचार

बनारस पुगे देउवा, आदित्यनाथले गरे स्वागत

काठमाडाैँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् ।

बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।

बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ ।

देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आजै साँझ काठमाडौं फर्कनेछन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org