ताजा समाचार

चोभार सुक्खा बन्दरगाह सञ्चालन, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । चोभारमा निर्मित सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराएर बन्दरगाहको उद्घाटन गरे ।

अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास  हुनेछन् । ०७५ माघमा शिलान्यास भएको सुक्खा बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, कोभिड–१९ का कारण निर्माण प्रभावित भए पनि निर्माण सम्पन्न भएको नौ महिनापछि मात्रै बन्दरगाह सञ्चालनमा आएको हो । निर्माण गएको असारमै सम्पन्न भएको थियो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बढ्दो व्यापार घाटा कम गर्न र निर्यात प्रवर्द्धन गर्न सहयोगी हुने विश्वास गरिएको बताए ।

उनले बन्दरगाहमा ५०० वटा मालवाहक गाडी, तीन धर्मकाटासहित पूर्ण सुविधासहित बन्दरगाह संचालनमा आएको बताए । व्यापार लागतमा न्यूनीकरण गर्न यसले सहयोग गर्ने समेत उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org